रंगेली अस्पताल सुधार भए पछि ईलमा बाट समेत प्रसुति गराउन आए ।

Logo
Rangeli Times बुधबार, मंसिर ०६, २०८०

माेरङकाे रंगेली नगरपालिका ७ स्थित रंंगेली अस्पतालमा ईलाम काे सुर्यदय नगरपालिका ११ स्थित भालुखाेज मा बसाेबास गर्दे आईरहेका एक परिवार ले रंगेली अस्पतालमा आएर प्रसुति गराएका छन ।

सुर्यदय नगरपालिका अस्पताल व्यवस्थापक अधिकृत क्षीतिज खतिवडा ले ३२ बर्षकाे श्रीमती पुजा गाैतम लाई मंसिर ४ गते रंगेली अस्पतालमा प्रसुतिका लागि ल्याएर भर्ना गराएका थिए । साेहि दिन अस्पताल का मेसु डाक्टर अरुण भट्टराई काे संयुक्त टाेली ले पुजाकाे पहिलो सन्तान काे रुपमा सल्यक्रिया बाट छाेरीकाे जन्म भएको छ । प्रादेशिक अस्पताल भएता पनि नगरपालिकाले आफै सुबिधा सम्पन्न अस्पताल सन्चालन गरेर यहाँ का स्थानीय बासिन्दा हरु लाई यहि बाट सेवा सन्चालन गरेकाे मा धन्यवाद समेत दिएका छन ।

 

अन्य अस्पतालमा दशै तिहार र छठ पर्वकाे समयमा अस्पतालमा आकस्मिक सेवा मात्रै हुने भएतापनि रंगेली अस्पताल ले बिदाकाे समयमा समेत प्रसुति सेवा गरेकाे मा आफू खुशी भएको समेत क्षितिज ले बताए । अहिले अस्पतालमा नगरले सन्चालन गर्ने थाले पछि दुई बर्षकाे अबधिमा डाक्टर अरुण भट्टराई ले अस्पताल काे जिम्मेवारी लिएपछि अहिले अस्पताल मा दैनिकी ३ सय देखि ४ सय बिरामी हरु सेवा लिन आउने गरेको र बिगतमा महिनामा ६० बटा सम्म प्रसुति गर्दे आएकाे अस्पताल ले अहिले ३ सय सम्म प्रसुतिसेवा हुदै आएकाे मेसु डाक्टर अरुण भट्टराईले बताए । अहिले बच्चा राेग, फिजिसन, ईसिजि, दन्त सेवा लगायत अन्य सेवा समेत सुरु गरिएको उनलेे बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ …

दर्ता प्रक्रियामा छ

टीमहरु

छिटै आउदै छ …

सम्पर्क

रंगेली मिडिया प्रा. लि.
रंगेली वडा न. 7
कोशी प्रदेश
[email protected]