तिहारका लागि कुमाले हरु  दियो घैला बनाउन ब्यस्त ।।

Logo
रबिन्द्र बराल  मंगलबार, कार्तिक १४, २०८०

हिन्दु धर्मावालाम्वीहरुको महान चाड बिजया दशमी  सकिएको छ । दोस्रो चाड काे रुपमा भित्रीदै गरेको तिहार नजिकीदै जाँदा तराईमा बसाेबास गर्ने कुमाले जाति हरु लाई तिहारकाे लक्ष्मीपुजा र तराईकाे ठुलाे पर्व छट पुजाकाे लागि  चाहिने दियौं ,कलश, पाला, ढक्ना लगायतकाे सामग्री बनाउन व्यस्त हुन थालेका छन । तिहारमा विशेष गरेर धनकी देवी लक्ष्मीको आराधना हुने भएको ले त्यस दिन माटाको दियाे शुद्ध हुने भएका ले त्यसैमा  बत्ती बाल्ने चलन समेत रहेको छ ।

अहिले रंगेली नगरपालिका आमगाछी  र सुनवर्सि  स्थित कदमगाछि घर भए का २४ घर परिवार का पंन्डित समुदायका कुमाले हरु हस्तकला का सामाग्री बनाउन ब्यस्त हुन थालेका छन । उनी हरुले चिम्टाईलाे माटो  बाट  दियाे, घैला ,काेसीया,कुहा,मटकुरी,खुत्रुकेे,हात्ती, ढकना,दलिया लगायत का समाग्री हरु बनाउन  थालेका हुन  ।   बिगत २०  बर्ष अगाडि यहि पेसा बाट आफुहरुलाई मनग्ये आम्दानी हुने गरेकाे भएता पनि पछिल्लो समयमा नेपाली  बजारमा विभिन्न किसिमका इलाेट्राेनिक   झिलिमिली का बत्ति हरु बजार मा छ्यापछ्यापती आउन थालेपछि कुमालेका पेशा संङ्कटमा पर्ने थालेकाे स्थानीय बिरेन पंडित ले बताए ।  १० बर्ष अगाडि आफुहरु ले साेहि पेशा बाट राम्रो आम्दानी गर्ने गरेको भएता पनि अहिले भने आफू हरु लाई मुखहात जाेडन समेत थप समस्या परेको र मेहनत अनुसार आफू हरु लाई थाेरै मात्रै फाईदा हुने गरेको स्थानीय सुरेन पंण्डित ले बताए ।  उनले भने पुर्खेउली पेशा भएको हुनाले आफुहरु ले यस लाई जगेर्ना गरेकाे  र माटोको काम गर्दे धेरै मेहनत र खर्चिलाे हुने समेत  गरेको उनलेे  बताए ।  माटाेकाे दियाे ,घैला लगायत बनाउदा  आफुहरुले माटो , पराल र दाउरा किन्न का लागि बडि खर्च हुने गरेको  कुमाले हरु बताउँछन् ।

माटोको भाडा बनाउदा  सुरुमा भाडा बनाई सकेपछि दिन भरि घाममा सुकाउनु पर्ने र २४ घन्टा देखि ७२ घन्टा सम्म आगाेमा पकाउनु पर्ने  गरेको बिरेन्द्र पंन्डित ले बताए । उक्त सामग्री हरु तयारी पारेर बिक्रीवितरण का लागि रंगेली ,कर्सिया, दाेहमाना, डाईनिया बजारमा बिक्री गर्ने गरेकाे बताए । उनिहरुले तिहारका लागि बजारमा दियो र घैला काे बडि बिक्री हुने गरेको  र दियो ६० रुपैयाँ सय कडा का दरले बिक्रीवितरण गर्ने गरेको समेत बताए ।  उपभोक्त हरुले  समेत घर कै माटाेत हाेनि भन्दै सस्तो मुल्य मा खाेजने गरेको बताए । अहिले आफु हरु याे पेसा जसाे त्यसाे गरिरहेका छाै तर अहिले का नयाँ पिडिले भने याे पेसा लाई बेवास्ता गरेका कारण याे पेसा नै पाे लाेप भएर जाने हाे भन्दै चिन्तित अबस्थामा रहेका छन । अहिले घरका सबै परिवार हरु दियो र घैला बनाउन ब्यस्त हुन थालेको देख्न सिक्छ ।  साे गाउका अधिकान्स घरपरिवार हरु यहि पेसामा आस्रित बनेका छन । केही महिन अगाडि रंगेली नगरपालीका काे उपमेयर भुमा पराजुली काे पहलमा माेटाेकाे भाडा बनाउन सहज हाेस भनेर बिधुत बाट सन्चालन हुने  उपकरण समेत दिएकाे र उनिहरु लाई आत्मा निर्भर बनाउने का लागि १२ घर धुरी लाई मेसिन र साेहि गाउँका अरु परिवार का लागि  नगर ले ६ कठ्ठा जग्गा समेत माटाेका लागि खरिर गरेर समेत दिएकाे भुमा पराजुलीले बताईन ।यता सुनवर्सि नगरपालिका ले आफू हरु लाई कुनै पनि उपकरण नदिएकाे  स्थानीयले आराेप समेत लगाएका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ …

दर्ता प्रक्रियामा छ

टीमहरु

छिटै आउदै छ …

सम्पर्क

रंगेली मिडिया प्रा. लि.
रंगेली वडा न. 7
कोशी प्रदेश
[email protected]